नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ।
सरुवा रोग विशेषज्ञ डा सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताए।
शुक्रबार जारी गरेको विवरणमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला दुई महिनायता कोरोना पोजेटिभ देखिएकोहरूको नमूनाको जिन सिक्वेन्सिङ गर्दा नयाँ केपी.१,केपी.२,केपी.३ र केपी.४ पुष्टि भएको हो।
‘यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक छैन,’ उनले भने, ‘तर दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्दछ।’
पछिल्लो समय देखिएको केपी भेरियन्ट भने सिंगापुरलगायत केहि देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ।
प्रतिक्रिया