पाकिस्तानको कराँचीमा मात्र एक महिनामा ५९ जनाको हत्या



कराँची— नागरिक(पुलिस सम्पर्क समितिले कराँची शहरमा अप्रिलमा ५ हजार ७ सय ८९ आपराधिक घटना भएको उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार गत अप्रिलमा १६२ वटा लुटपात घटना हुनुका साथै चार हजार १८४ मोटरसाइकल चोरी भएका छन् भने एक हजार ३६८ वटा मोवाइल लुटिएका छन् ।

यसबाहेक विभिन्न घटनामा ५९ नागरिकले ज्यान गुमाएका छन्

पछिल्ला चार महिनामा २८ हजार ४१६ ठूला अपराधका घटना घटेकाछन् भने लुटपाट प्रतिरोधका कारण ६२ नागरिकले ज्यान गुमाएका छन् ।

त्यसैगरी, अप्रिल मसान्तसम्ममा ५ सय ३५ कार र २० हजार १५२ मोटरसाइकल चोरी वा लुटिएको छ भने ७ हजार ४७० मोबाइल फोन नागरिकबाट खोसिएको छ ।

यस अवधिमा फिरौतीका ४० घटना र फिरौतीका लागि अपहरणका ६ घटनामा विभिन्न घटनामा कुल २१३ नागरिकको ज्यान गएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ९ : २६ बजे