अष्ट्रेलियाको अध्ययनले चीनले प्रोेपोगाण्डाको लागि विश्वव्यापी एप्स, गेमहरू प्रयोग गर्ने गरेको अष्ट्रेलियाली अध्ययन केन्द्रको दाबी



सिड्नी— चीनको विश्वव्यापी इन्टरनेट प्रयोगकर्ताहरूको अनलाइन बानीहरूको अनुगमन गर्न लोकप्रिय सोशल मिडिया एपभन्दा धेरै अन्य प्लेटफर्महरू र अनलाइन गेमहरूमा प्रयोग गरिरहेको अष्ट्रेलियाली अध्ययन केन्द्रले दाबी गरेको छ । ञ

अष्ट्रेलियाली सरकार र अन्य विदेशीहरूबाट कोष प्राप्त गर्ने अनुसन्धान संस्था, अष्ट्रेलियाली रणनीतिक नीति संस्थानले बेइजिङका प्रचार प्रमुखहरूले विभिन्न सामाजिक सञ्जाल एपहरूबाट व्यक्तिगत डेटा सङ्कलन गर्न चिनियाँ प्राविधिक कम्पनीहरूसँग सम्बन्ध गाँसिरहेको दाबी गरेको छ ।

तिनीहरूमा भेहिकल सम्बन्धि अनलाइन जेम, , एक्शन गेम गेन्सिन इम्प्याक्ट, र लोकप्रिय राइड सेयरिङ एप टेमु समावेश छन्।

अष्ट्रेलियाको अध्ययनले चीनको महत्वाकांक्षा मिडिया, गेमिङ, आर्टिफिसियल इन्टेलिजेन्स र अन्य उदीयमान प्रविधिहरूबाट रणनीतिक रूपमा बहुमूल्य डाटा संकलन गर्ने गरेको दाबी गरेको छ ।

चिनियाँ अधिकारीहरूबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। बेइजिङले पहिले अष्ट्रेलिया सरकारलाई विभिन्न भूराजनीतिक र व्यापार विवादहरूमा चीन विरोधी गतिविधि गरेको आरोप लगाएको छ।

गत वर्ष, अष्ट्रेलियाले सुरक्षा र निगरानी डरका कारण सेल फोन सहित सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाउने बताएको थियो।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ९ : २५ बजे