लाहोर— पाकिस्तानको नियन्त्रण रहेको बलुचिस्तान प्रान्तमा, थप तीन युवाहरूलाई सुरक्षा बलहरूले जबर्जस्ती बेपत्ता पारेका छन्, जबकि एक बेपत्ता व्यक्तिलाई झण्डै एक महिना हिरासतमा राखेर छाडिएको छ ।
बलुच नेशनल मुभमेन्टसँग सम्बन्धित मानवअधिकार समूहका अनुसार, पाकिस्तानी सेनाले बिहानै पाकिस्तान प्रशासित बलुचिस्तान इलाका पुल्लाबादमा छापा मारेर मोहसिन अब्दुलसमद, आदिल अब्दुलसमद र सोहेल बलोच नामका तीन जना युवाहरूलाई पक्राउ गरेको थियो।
उनीहरुका परिवारले उनीहरुलाई सुरक्षाकर्मीले लगेपछि उनीहरुको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
बलुच स्वतन्त्रता सेनानीहरूले नियमित रूपमा कार्यकर्ता र नागरिकहरूलाई अपहरण गर्ने पाकिस्तानी सुरक्षा बलहरू विरुद्ध कारवाही गर्न माग गरेका छन् ।
पाकिस्तानले सन् १९४८ देखि बलुचिस्तानमाथि बलपूर्वक कब्जा गर्दै आएको छ र त्यहाँका जनतालाई दमन गर्दै प्राकृतिक स्रोतको दोहन गर्दै आएको बताइएको छ ।
प्रतिक्रिया