बेइजिङ— टेस्ला इंकको चीनमा कर्मचारी कटौती गर्दै गएको छ । चीनमा एलोन मस्कले टेस्लाको विक्री द्रुत दरमा घटिरहेको छ ।
अप्रिलको मध्य सम्ममा कर्मचारी कटौती गरिएको छ । पछिल्लो समयमा विश्व बजारमा टेस्लाको विक्री १० प्रतिशतभन्दा बढी ले घटिरहेको छ । स्रोतका अनुसार चीनमा भने टेस्ला विक्री दु्रत गतिमा घटिरहेको स्रोतले दाबी गरेको छ ।
पछिल्लो कदमले ग्राहक सेवा कर्मचारी, इन्जिनियरहरू, उत्पादन लाइन कामदारहरू, र टेस्लाको सांघाई प्लान्टमा कार्यरत कर्मचारीलाई असर गर्ने देखिन्छ । उक्त निर्णयले कति मानिसहरू प्रभावित हुनेछन् र यसले टेस्लाको चीन अपरेशनमा कस्तो प्रभाव पार्न सक्छ भनेर स्पष्ट भईसकेको छैन्।
टेस्लाको चीनको बजार सेयर सन् २०२४ को पहिलो त्रैमासिकमा करिब ७ दशमलव ५ प्रतिशतमा झरेको छ, जुन गत वर्षको सोही अवधिमा १० दशमलव ५ प्रतिशत भएको ब्लुमबर्ग न्यूजदे उल्लेख गरेको छ ।
प्रतिक्रिया