अमेरिकाद्वारा २०२३ मा जासूस बेलुन घटनामा संलग्न भएको आरोपमा थप ३७ चिनियाँ कम्पनीमाथि व्यापार प्रतिबन्ध



वाशिंगटनः

बेइजिङ र वाशिंगटन बीचको बढ्दो तनावको बीचमा, अमेरिकी प्रशासनले थप ३७ चिनियाँ कम्पनी माथि व्यापार प्रतिबन्ध लगाएको छ ।

गत वर्ष संयुक्त राज्य अमेरिकामा उडेको संदिग्ध जासूस बेलुनमा संलग्न रहेको आरोपमा ती कम्पनीमाथि प्रतिबन्ध लगाएको सीएनएनले उल्लेख गरेको छ।

समाचार अनुसार अमेरिकी वाणिज्य विभागले चीनको क्वान्टम टेक्नोलोजी क्षमताहरूलाई समर्थन गर्न अमेरिकी प्रविधि प्राप्त गर्न खोजेको आरोपमा चीन इलेक्ट्रोनिक्स टेक्नोलोजी समूहका केही एकाइहरूलाई प्रतिबन्ध लगाइरहेको छ ।

सरकारी स्वामित्वको चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी समूह एक शीर्ष सैन्य उपकरण आपूर्तिकर्ता भएको दाबी गरिएको छ ।

बाइडेन प्रशासनले बेइजिङलाई फ्रेब्रुअरी २०२३ मा उडेको जासूसी बेलुनलाई लिए कारबाही गर्न थालेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १० : ३७ बजे