लाहोर— पाकिस्तानको आर्थिक आर्थिक बृद्धिमा निजी क्षेत्रको योगदान उल्लेख्य रूपमा घटेको छ । निजी क्षेत्रको व्यापार विस्तारको लागि ऋण उपलब्ध गराउन बैंकहरूको अनिच्छा देखाएका कारण पाकिस्तानको आर्थिक वृद्धि थप ओझेलमा परेको छ ।
आर्थिक वर्ष २०२४ को प्रारम्भिक नौ महिनामा निजी क्षेत्रको कर्जा ३६ दशमलव ९५ प्रतिशतले घटेर १९१ दशमलव ५ अर्ब रुपैयाँ पुगेको छ जुन गत वर्षको सोही अवधिमा रु २९९ अर्बको तुलनामा ऋणात्मक जीडीपी वृद्धिसँग मेल खाएको थियो ।
एस एन्ड पी ग्लोबल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक मुजीब जहुरले यस गिरावटको महत्त्वपूर्ण कारण ब्याज र मुद्रास्फीति दर दुवैमा तीव्र वृद्धि भएको औंल्याएका थिए । उनले यस्तो अवस्थामा आर्थिक बृद्धिमा निजी क्षेत्रको योगदानको सार्थकतामाथि प्रश्न उठाउदै उपयोगिताको मूल्यवृद्धिले व्यवसायमा पर्ने प्रतिकूल असरको व्याख्या गरे ।
निजी क्षेत्रलाई कर्जा दिनुपर्ने कुनै नियामक दायित्व नहुँदा, बैंकहरूले व्यवसायहरूलाई उपलब्ध कर्जाको अभावलाई बढाउँदै न्यून जोखिमपूर्ण बाटोतर्फ अग्रसर भएका छन्। एसियाली विकास बैंक (एडीबी) को आफ्नो पछिल्लो रिपोर्टमा पाकिस्तानको अर्थतन्त्र २०२४ मा १ दशमलव ९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। एडीबीको प्रक्षेपण अघिल्लो आर्थिक वर्षको तुलनामा सकारात्मक देखाएको जसले जसले ० दशमलव २ प्रतिशतको संकुचन देखाएको छ।
बढ्दो चुनौतीहरूको सामना गर्दै, पाकिस्तानको निजी क्षेत्र अनिश्चित भविष्यको सामना गरिरहेको छ । विद्यमान आर्थिक अवस्थाले पाकिस्तानको आर्थिक पुनरुत्थानमा अर्थपूर्ण रूपमा योगदान गर्ने क्षमतालाई कमजोर पारेको छ।
प्रतिक्रिया