इस्लामाबाद— पूर्व सिनेटर मुश्ताक अहमद खान लगायत जमात—ए—इस्लामीका नेता तथा कार्यकर्ताहरु इस्लामावादमा प्यालेस्टाइनको वकालत गर्दै जुलुसमा भाग लिएकोमा मुद्दा दायर गरिएको छ।
पहिलो सूचना रिपोर्ट (एफआईआर) अनुसार पार्टीका नेता मुश्ताक अहमद खान, काशिफ चौधरी, र नसरुल्लाह रन्धावा लगायत ५०० अन्य लगायतले फौजदारी प्रक्रिया संहिता (सीआरपीसी) को धारा १४४ को उल्लङ्घन गर्दै रेड जोनमा प्रवेश गर्ने प्रयास गरेका थिए। ।
एफआईआरमा प्रदर्शनकारीहरूले ब्यारिकेड तोडेपछि सुरक्षाकर्मीसँग झडप भएको बताएको छ।
मुद्दा दायर गरेपछि मुश्ताक अहमद खानले फेसबुक मार्फत दाबी गर्दै भने, ‘गाजामा इजरायली अत्याचार र इजरायललाई अमेरिकी समर्थनको विरूद्ध आवाज उठाएको कारण सरकार र इस्लामाबाद पुलिसले हामी विरुद्ध अर्को मुद्दा दायर गरेको छ।’
‘सरकारले मनगढन्ते मुद्दा, गिरफ्तारी र हिंसाका माध्यमबाट यसलाई दबाउन प्रयास गरे पनि प्यालेस्टाइनको समर्थनमा हाम्रो आन्दोलन जारी रहने उनले बताएका छन् ।
पाकिस्तानको इजरायलसँग कूटनीतिक सम्बन्ध छैन ।
प्रतिक्रिया