आसाम— भारतको आसाम राज्यमा रहेको काजिरंगा राष्ट्रिय निकुञ्जले आफ्नो ५० वर्षको इतिहासमा सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
एकसिङ्गे गैँडाका लागि प्रख्यात निकुञ्जमा आउने पर्यटकको सङ्ख्याले पनि २०२३–२४ पर्यटन वर्षमा सर्वकालीन कीर्तिमान तोडेको छ ।
चालू आर्थिक वर्षमा काजिरंगा घुम्न आउने पर्यटकको संख्या ३ लाख २७ हजार ४ सय ९३ रहेको छ जसमध्ये १३ हजार ९१९ विदेशी पर्यटक थिए । पार्क प्रशासनले पर्यटकबाट ८ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
काजिरंगा राष्ट्रिय निकुञ्जका डिभिजनल वन अधिकृत अरुण विग्नेशले प्रधानमन्त्री नरेन्द्र मोदी, दुई राष्ट्रपति र भुटानका राजाको भ्रमणले काजिरंगालाई लोकप्रिय बनाउन मद्दत गरेको बताए ।
प्रतिक्रिया