इरानले गिरफ्ताार गरेका ५ भारतीय नाविक रिहा



तेहरान— इरानले कब्जा गरेको इजरायली—सम्बन्धित जहाजमा सवार भारतीय नाविकहरू मध्ये पाँच जनालाई रिहा गरिएको छ ।

भारतीय दूतावासले उनीहरूको रिहाइको विवरण सार्वजनिक गर्दै, इरानी अधिकारीहरूलाई दूतावास र बन्दर अब्बासस्थित भारतीय वाणिज्य दूतावाससँग नजिकको समन्वयका लागि धन्यवाद दिएका छन् ।

इजरायलसँग सम्बन्धित कार्गो जहाज इरानले अप्रिल १३ मा १७ भारतीय नागरिकसहित नियन्त्रणमा लिएको थियो।

इरानको इस्लामिक रिभोसनरी गार्ड कोर नौसेनाले स्ट्रेट अफ हर्मुज नजिकै कन्टेनर जहाज नियन्त्रणमा लिएका थियो ।

यसअघि अप्रिल १३ मा इरानले नियन्त्रणमा लिएको इजरायलसँग जोडिएको कार्गो जहाज ‘एमएससी एरिज’का १७ भारतीय चालक दलका सदस्य मध्येकी केरलाको त्रिशूरकी एन टेसा जोसेफ १८ अप्रिलमा सुरक्षित रूपमा आफ्नो देश फर्किएकी थिइन्।

परराष्ट्र मन्त्रालयले पनि १७ जना भारतीय चालक दलका सदस्यमध्ये एकजना सकुशल भारत फर्किएको र अन्य सकुशल रहेको बताउँदै उनीहरुको सम्झौताको दायित्व पूरा भएपछि रिहा गरिने बताएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ९ : २२ बजे