बबईमा डुबेर दाजुभाइको मृत्यु



बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका-७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको छ।

भारतबाट फूपूको घर आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए।

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो। मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ९ : २२ बजे