वीरगंज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको सोमबारराति सम्पन्न काठमाण्डौ महानगरको दोस्रो अधिवेशनबाट वडा नम्बर ३१ को भूगोल सदस्यमा सफल श्रेष्ठ अत्याधिक मतका साथ निर्वाचित हुनुभएको छ ।
बैशाख २९ र ३० गतेसम्म चलेको महानगरको दोस्रो अधिवेशनबाट वडा नम्बर ३१ को भूगोल सदस्यमा श्रेष्ठ ७७ मतान्तरले निर्वाचती हुनुभएको निर्वाचन अधिकृतले जनाएका छन ।
सोमबार राति सम्पन्न निर्वाचनमा श्रेष्ठ १८५ मत प्राप्त गरी निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी मिलन शर्माले १०३ मत प्राप्त गरी चित बुझाउनुभयो ।
निर्वाचित हुनुभएको श्रेष्ठले प्रतिक्रिया दिदै महानगर कमिटिलाई नयाँ ढंगले अगाडी बढाउने बताउनुभयो । उहाँले प्रतिस्पर्धी साथीलाई समेत साथमा लिएर काम गर्ने बताउनुभयो ।
अहिलेको पुस्ताले रुचाउने कार्यलाई प्राथमिकतामा राख्ने र पार्टीका अग्रजसंग सल्लाह लिएर नयाँ उचाइमा कमिटीलाई पुर्याउन हरसम्भव प्रयास गर्ने बताउनुभयो ।
निर्वाचित भूगोल सदस्य श्रेष्ठ नेपाल खेलकुद महासंघ काठमाण्डौ जिल्लाको ईन्चार्ज समेत हुनुहुन्छ ।
उक्त अधिवेशनमा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत एमालेका नेता कार्यकर्ताको सहभागित थियो ।
प्रतिक्रिया