रातको १ः४० बजे घरबाट ३० मिनेटमा अस्पताल पुग्दा….



रातको १ः४० बज्यो !
म कान्ति बाल अस्पतालमा छु।
११ः४० मा एउटा कल आयो । सेभ नभएको नम्बरबाट कल गर्नेले भन्नुभयो “बाग्लुंगको निसीखोलाबाट ल्याएकी ७ वर्षकी छोरी सिकिस्त छन । बुटवलबाट चितवन ल्याएको चितवनले कान्तीमा रिफर गर्यो ।र ,यहॅा ल्याएको यहॅा कसैले हेरिदिएन ।हामीलाई अप्ठ्यारो पर्यो । मैले उहॅाको फोन राखेर ,कान्तिमा फोन गरे । तर, उठेन । चिनेका सोही अस्पतालमा रहेका एकजना डाक्टरलाई फोन गरे ।

उनको पनि फोन स्विच अफ रहेछ । रातको १२ बजीसकेको थियो । बिरामीको नजिकका उहॅाकै फेरि फोन आयो । उहॅाले हारगुहारको शैलीमा भन्दैहुनुहुन्थ्यो लौ न बचाईदिनुपर्यो । म तुरून्तै गाडी निकालेर कान्ती पुगे । घरबाट ३० मिनेटमा अस्पताल पुग्दा बिरामीको अवस्था एकदमै नाजुक भईसकेको रहेछ ।

तुरून्तै भेनटिलेटर चाहिने बिरामीलाई अस्पतालले भर्ना नलिने अन्तै लैजानुस भनेपछि बेडमा त्यसै छाडीदिदॅा बिरामी झन पछि झन नाजुक बनेको देखे । अस्पतालले बिरामीको परिवारको हारगुहारलाई नसुनेर बाहिरै लैजान भनिरहेको र बिरामीको अवस्था झन नाजुक भएर छटपटाईरहेको दृश्य कारूणीक थियो ।

मैले पनि त्यहॅा रहेका डाक्टरलाई बचाइदिनुहोस भनेर अनुनय बिनय गरे । तर, उनिहरू यति निर्दयी बनेर उभिए की मैले मान्छे यस्तो सम्म हुन्छ भन्ने कल्पना समेत गरेको थिईन । मलाई अस्पतालकै एकजना जुनियर कर्मचारीबाट एउटा आईसियू खाली भएको सुचना प्राप्त भएको थियो । सोही बेड छटपटाईरहेको त्यो बिरामीको प्राण जोगाउन प्रयाप्त थियो भन्ने बुझाईसहित पहल गरिदिन मैले आग्रह गरे ।

मेरो ठाउॅबाट त्यो उपाय नलागेपछि माननीय देवेन्द्र पौडेलसहित ९ जना बाग्लुंगका नेतालाई फोन गरे । तर, रात छिप्पिएकाले पनि होला कसैको फोन उठेन । शक्तिमा पॅहुच कमजोर हुदॅा छटपटाईरहेको बिरामी अहिले कान्तिबाट फर्काएर एउटा निजी अस्पतालमा लैजादै छौ । सोचिरहेको छु “पहुॅच नहुनेले यो देशमा पाउने सुविधा भनेको मतदान मात्रै हो ।”कामना गरौं 🙏🙏🙏
– Raju Subedi

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १२ : २१ बजे