आज पनि संसद्‌मा कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा



काठमाडौं : आज पनि प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरेका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद ईश्वरी न्यौपानेलाई बोल्न समय दिए। उनले सहकारी प्रकरणबारे गृहमन्त्री लामिछानेबारे छानबिन गरिनुपर्ने र उनले पदबाट हट्नुपर्ने माग गरेकी हुन्।

उनले भनिन्- कसरी चल्छ सत्ता ? गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ रु त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैर जिम्मेवार पूर्ण भनाइ राख्नुभयो। त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा । सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ। बजेटको छलफलको विषयमा हामी तयार छौँ। अवरोध गर्दैनौँ। छानबिन समिति गठन गर्न किन डराउनुपर्‍यो ? हिजो यदि हाउसमा समिति गठन गरेको होइन। उहाँको विषयमा समिति गठन गर्न माग गर्दा नहुने ? के उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यदि जन्मेका हौँ। झन् शंका उब्जेको छ।

उनले प्रधानमन्त्रीले प्रमाण छैन भने पनि आफूहरूसँग यथेष्ट प्रमाण रहेको दाबी गरिन्। उनले आगामी बैठकसम्म सरकार समिति गठन गर्न तयार नभए सदन सत्तापक्षले अवरोध गरेको हुने ठहरिने बताइन्।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १२ : १८ बजे