काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी विवादमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ‘क्लिन चिट’दिएका छन्। मंगलबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले दोषी देखिए लामिछानेलाई कारवाही गर्न कसैले नरोक्ने दावी गरे।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाएको विषयमा प्रधानमन्त्री प्रचण्डले भने, ‘पहिलो कुराचाहिँ रवि लामिछानेको बारेमा जो चर्चा, परिचर्चा भएको छ, त्यो कहीँ कतै प्रमाणित पनि छैन, त्यस्तो आधार पनि छैन। एउटा उजुरी पोखरामा परेको छ, उजुरी परेकै आधारमा मन्त्री बन्न नहुने या मन्त्री छोड्नुपर्ने भन्ने हुँदैन।
उजुरी त जहाँ पनि जसको बारेमा पनि पर्नसक्छ’, कान्तिपुर टीभीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘मैले अनुसन्धानकर्ताहरूसँग बुझी पनि सकेँ, आज म यत्तिचैँ भन्छु– रविको फ्लर्ट छैन…मानिसहरूमा एउटा कन्फ्युजन त छ, त्यो क्लियर गर्नुपर्ने छ, तर जो अथोरटी हो नि, जसले हेरिराखेको हुन्छ नि, ककल्ले के के हो भन्ने कुरा, रविको चाहिँ सहकारीमा फ्लर्ट छैन भन्ने कुरा मलाई नै भनेको रिपोर्ट पनि मसँग छ।’
प्रतिक्रिया