कुदाँउन BP Highway को रोडमा भन्थिस…..



कुदाँउन
BP Highway को रोडमा भन्थिस,
बनाउन एउटा “राईडर ग्रुप”
तँ, म, ऊ, त्यो ६-७ जनाको भन्थिस,
ठूलो आवाज , टप स्पिडका साथ,
कमिलाको ताँती झैँ तर गति असीमित भन्थिस,
प्रत्येक घुम्तीहरुमा बाईक सुताई सुताई
सिधा बाटोमा अगाडीको पाङ्ग्रा उठाई,
जाँउन एक दिन BP highway मा एउटा” राईडर ग्रुप” बनाई भन्थिस,
न स्पिड लिमिटको बोर्ड हेर्थिस,
न आउँदै गरेको दोबाटो हेर्थिस,
कार, बस, ट्रकको कुना कुना बाट ओभरटेक गर्दै
नागबेलि चालमा हिड्थिस,
नचला न यसरी,
निस्किएर आएको घर नपुग्लास,
भनी सम्झाँउदा ” we die like a real man” भन्थिस,
तेरा कुरा भगवानको कानमा पुगेर होला,
तलाई पनि उहीँ बोलाए,
हामीले साथी गुमाँएउ
परिवारले छोरा गुमाँए
तँ आफू सकिएर सिकाएर गैईस
ओभर स्पिड ५० छ भने
४५ मा कुदा भनेर सिकाएर गैईस,
हरेक घुम्तीमा आमा घरमा कुरेर बसेकी छन् भन्ने कुरा याद गराएर गैईस,
आफ्नै गल्ती ले आफू पनि न मरौँ
र अरुलाई पनि नमारौँ भन्ने कुरा सिकाए गैईस,
आज यहाँ तेरै कमि छ,
ओभर स्पिड र जथाभावी कुदाउन हुन्न भन्ने कुरा सबैलाई सिकाएर गैईस,
🚦
#driveslow
Pic & Words: Rabin Sapkota

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : ३६ बजे