हिमालयन ह्वाइटहाउस स्कूललाई अन्तराष्ट्रिय पाठ्क्रम पढाउन मान्यता



काठमाण्डौं :  काठमाण्डौंस्थित हिमालयन ह्वाइटहाउस स्कूलले अन्तराष्ट्रिय पाठ्क्रम पढाउन मान्यता प्राप्त गरेको छ । अन्तराष्ट्रिय ब्याकलरेट बोर्डबाट यसै साता प्राथमिक तहदेखि कक्षा ५ सम्मको मान्यता पाएको र कक्षा ६ देखि १० सम्मको परिक्षण अवधि चलिरहेको विद्यालयले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

अन्तराष्ट्रिय ब्याकलरेट (आईबी) भनिने यो पाठ्यक्रम सन् २००९ बाट नेपालमा पढाउन थालिएको हो । यस पाठ्क्रमले पढाई बाहेक बिद्यार्थीहरुमा सोचाई, अनुसन्धान, सञ्चार कौशल, आत्म ब्यवस्थापन र सामाजिक शीपहरु प्रदान गर्ने बिद्यालयले बताएको छ ।

विद्यालयका अध्यक्ष युवराज शर्माका अनुसार अन्तराष्ट्रिय ब्याकलरेट बोर्डबाट यसअघि दुई पटक बिद्यालयको अनुगमन गरिएको थियो । विद्यालयको भौतिक पूर्वाधार, शिक्षण सिकाई बिधि, बिद्यार्थी सिकाई उपलब्धि राम्रो रहेको, आइबीको सिद्धान्तको परिपालना गरिएको र विद्यालयले प्रदान गर्ने सुविधाहरुको मुल्यांकन राम्रो देखिएको भन्दै वोर्डले आइबी मान्यता दिएको शर्माले जानकारी दिए ।

आईबी मान्यता प्राप्त भएका सन्सारका सबै विद्यालयहरुको पाठ्यक्रम एकै किसिमको हुने र विद्यार्थीहरुमा खोज अनुसन्धान गर्न र जिज्ञासा बढाउनका साथै विद्यार्थीको ज्ञान शीप र धारणा समेत अभिबृद्धि गर्न यस कार्यक्रमले पहल गर्ने शर्माले जानकारी दिए ।

बिश्वभरी १ सय ६० बढि देशका झण्डै १० हजार विद्यालयहरुमा यो कार्यक्रम सञ्चालित छ । ती देशहरुमा तीन देखी १९ बर्ष उमेर समुहका झण्डै २० लाख बिद्यार्थीहरु यस कार्यक्रममा आवद्ध रहेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : ३१ बजे