इटालीले लगायो टिकटकलाई ११ मिलियन डलर जरिवाना



इटालीले नाबालिगको सुरक्षा गर्न असफल भएको भन्दै टिकटकलाई ११ मिलियन अमेरिकन डलर जरिवाना गरेको छ ।
इटाली कम्पिटसन प्राधिकरणले टिकटकलाई नाबालिग र अन्य कमजोर व्यक्तिहरूको सुरक्षालाई खतरामा पार्ने सामग्रीको फैलावट नियन्त्रण गर्न असफल भएकोमा भन्दै ११ मिलियन जरिवाना गराएको हो ।

एन्टिट्रस्ट एजेन्सीका अनुसार टिकटक जो जुन चीनको वाइट डान्सको स्वामित्वमा रहेको छ, त्यसले आफ्नो प्लेटफर्ममा किशोर किशोरीहरूको विशेष कमजोरीहरूलाई ध्यानमा राख्न असफल भएको छ ।

वाचडगले गत मार्चमा टिकटकको सामग्री मध्यस्थता अभ्यासहरूमा अनुसन्धानको घोषणा गरेको थियो, जहाँ टिकटक चुकेको जनाइएको छ । एजेन्सी

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : १३ बजे