गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । प्रतिबेदन बुझाउदै लामिछानेले सुन तस्करीमा संलग्नहरूलाई जोगाउने गरी फितलो अनुसन्धान गरिएको निष्कर्ष निकालेका छन्।

लामीछानेले सुन तस्करीको गिरोहलाई समात्न सीआईबीले गरेको छानबिनमा सहजै उम्किन दिने गम्भीर त्रुटि भेटियो भन्दै सुन तस्करीको पुनः छानबिन गराउने तयारी गरेका छन् । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझेलगत्तै उपप्रधान तथा गृहमन्त्री लामिछानेले साढे दुई घन्टा लगाएर अध्ययन गरेका थिए।

साथै रविले आज शुक्रवार कतिपय राजनीतिक व्यक्ति, कर्मचारी र सुरक्षा निकायको माथिल्लो तहमा रहेका व्यक्ति पनि पक्राउ गर्ने तयारी गर्दै छन। उनले यो जानकारी प्रधानमन्त्री प्रचण्डलाई पनि गराईसकेका छन भने प्रहरी आइजिपीलाई तयारी रहन निर्देश दिएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : १० बजे