कतार एयरलाइन्सले असुविधा प्रति पून माफी माग्दै क्षतिपूर्ति स्वरुप २५० डलर दिएपछि….



म लामो समय वैदेशिक रोजगारको शिलशिलामा कतारमा रहें । मैले आफ्नो वैदेशिक रोजगारको ६ बर्ष कतार एयरवईजमा सेवा गर्ने मौका पाएँ । कतार एयरलाइन्स संसारको फाइभस्टार एयरलाइन्स मध्यमा पर्दछ ।
मेरा दुईवटै भाईहरु पनि वैदेशिक रोजगारका लागि कतारमा छन् । यही फागुनमा मेरो भतिजको व्रतबन्ध कार्यक्रमको लागि दुईजना भाईहरु सँगै घर आउने भए कतार एयरलाइन्स मार्फत ।

जब उनीहरु दुबैजना नेपाल आउनको लागि एयरपोर्ट आए । कान्छोको फ्लाइट हुने भयो तर माइलोको टिकट क्यान्सिल्ड भएछ । उसको फ्लाइट डिले हुनेभएछ । भाईले मलाई कतार एयरपोर्टदेखि सम्पर्क गर्यो । मैले तुरुन्तै कतार एयरवईजको कस्टमर कियर सेक्सनमा गएर आफ्नो गुनासो पेश गर्न लगाएँ । भाईले त्यसै गरेछ । कतार एयरवईजले भाईसँग माफी माग्दै अर्को फ्लाइटमा उसलाई नेपाल पठाईदियो ।

अस्ति मात्र कतार एयरवईजले भाईको फ्लाइट डिले भएकोमा पून: क्षमायाचना गर्दै भाईलाई जिमेल गर्यो । जिमेलमा भाईको यात्रा प्रति असुविधा परेकोमा क्षमा माग्दै भाईको बैंक डिटेल र पासपोर्टको स्क्यान कपी माग गरेको थियो ।
हामीले तुरुन्तै बैंकको डिटेल र भाईको पासपोर्टको स्क्यान कपी कतार एयरवईजको जिमेलमा पठायौं । उताबाट तुरुन्तै जवाफ आयो, हामी तपाइँको यात्रामा पर्न गएको असुविधा प्रति पून माफी माग्दै क्षतिपूर्ति स्वरुप तपाइँलाई २५० युएस डलर तपाइँको खातामा जम्मा गर्दैछौं ।

एकजना यात्रुको एक घण्टा फ्लाइट डिले हुँदा यत्रो माफीसहित क्षतिपूर्ति रकम भराउने कतार एयरवईजको यो व्यवहारले नतमस्तक बनाईरहेको छ । हामी यस्तो देसमा छौं, जहाँ सरकारी तलबभत्ता खाएर जनताहरुको सेवा गर्न खटिएकाहरुले सेवाग्राहीहरुको असुविधा भन्दा पनि आफ्नै सुविधाको चिन्ता गर्दछन् । एयरपोर्टमा लुट्न नपाउँदा कर्मचारीहरु आपसमा कुटाकुट गर्दछन् ।

हाम्रो एयरलाइन्स कतार एयरलाइन्स जस्तो कहिले होला ?
हाम्रो संस्कार उनीहरुको जस्तो कहिले होला ?
हाम्रो देस कतार जस्तो कहिले होला ?
– एक यात्री

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : ०२ बजे