महोत्तरीमा ग्लोबल आइएमई ब्यांकको नयाँ शाखा



ग्लोबल आइएमई ब्यांक लिमिटेडले महोत्तरीको गौशाला नगरपालिका-५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

ब्यांकको गौशाला शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण ब्यांकिङ सेवा उपलब्ध भएका छन्। ग्लोबल आइएमई ब्यांक मुलुकका सतहत्तरै जिल्लामा शाखा छन्।

ब्यांकको नयाँ शाखा कार्यालय सञ्चालनसँगै ३५६ शाखा कार्यालय, ३७९ एटीएम, २७५ शाखारहित ब्यांकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय छन्।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ११ : २७ बजे