थापाथलीस्थित प्रसुति गृहबाट हराएको शिशु काडाघारीमा फेला परेको छ। शिशुका बुवा पुजन श्रेष्ठले शुक्रबार राति साढे ११ बजे काडाघारीमा शिशु फेला परेको बताए। उनका अनुसार, दैलेख घर भएर काडाघारीमा बस्दै आएकी एक महिलाले शिशु लगेकी हुन।
”राति साढे ११ बजे शिशु फेला परेको भनेर प्रहरीले खबर गरेपछि हामीले लिएर आयौं,” पुजनले भने। पुजनलाई प्रहरीले बताएअनुसार, ति महिलाले थापाथलीबाट ठ्याक्सीमा शिशु लगेकी थिइन्। उनलाई अनुसन्धानको लागि प्रहरीले प्रकाउ गरेर पुजनले बताए। शुक्रबार दिउँसो १२ बजे प्रसूतिगृहमा फलोअप उपचारमा ल्याइएकी २६ दिने शिशुलाई लाइनमा उभिएकी एकजना महिलाले लिएर गायब भएकी थिइन्।
जन्डिसकी बिरामी ती शिशुको फलोअप उपचारका लागि बूढानीलकण्ठ नगरपालिका १२ की २२ वर्षीया सविना श्रेष्ठ जेठानीसहित प्रसूतिगृह आएकी थिइन्।
शिशु लिएर महिला गायब भएपछि पीडित परिवारले प्रहरीलाई खबर गरेको थियो। खोजीका क्रममा प्रहरीले शिशुसहित मनकुमारी र उनका २ आफन्तलाई काठमाडाैँकै काँडाघारीबाट नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया