काठमाडौं ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालविरुद्धको खेलमा नामिबियाले टस जितेर बलिङ गर्ने भएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा आज नामिबियाका कप्तान जेराल्ड इरास्मसले नेपाललाई ब्याटिङ गर्ने निम्तो दिएका हुन्।
बिहीबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। सोमबार भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्ससँगको खेलमा अनिल शाह र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेका थिए।
नेपालले आज करण केसीलाई खेलाएको छ। गुलशन झालाई आज बेञ्चमा राखिएको छ।
नेपालको टोली : कुशल भुर्तेल,आसिफ शेख, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, देव खनाल, करण केसी, सोमपाल कामी, ललित राजवंशी
बेञ्च : गुलशन झा,आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ
प्रतिक्रिया