सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी ताेलाकाे १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ११ : २५ बजे