नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।
आइसिसी लिग-२ सिरिजमा दोस्रो खेलमा नेदरल्याण्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो ओभरको पाचौं बलमा विकेट गुमाएको हो।
नेदरल्याण्ड्सका किंग्माको बलमा ओपनर कुशल भूर्तेल बास दे लिडबाट क्याच आउट भएका हुन्।
११ बल खेलेका भूर्तेलले २ चौका र ३ छक्का प्रहार गरी २८ रनको योगदान दिएर आउट भएका हुन्।
उनको विकेटपछि अनिल साह ब्याटिङमा आएका छन्। चौथो ओभर जारी रहँदा नेपाल ४३ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया