राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेलाई नियुक्त गरेका छन् ।
प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको संयुक्त सिफारिसमा राष्ट्रपति पौडेलले मंगलवार पाण्डेलाई संसद्को महासचिव नियुक्त गरेका हुन् ।
पाण्डेले प्रतिनिधिसभाको सचिवबाट दिएको राजीनामा मंगलवार नै स्वीकृत भएको थियो ।
पाण्डेको नाम मंसिर २४ गते नै सिफारिस गरिएकोमा राष्ट्रपति पौडेलले झण्डै २ महिनापछि नियुक्ति दिएका हुन् ।
प्रतिनिधिसभाका महासचिवको कार्यकाल ५ वर्षको हुने संवैधानिक प्रावधान छ ।
प्रतिनिधिसभाको सचिव हुनुअघि पाण्डे सहमहान्यायाधिवक्ता थिए ।
प्रतिक्रिया