सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे, अपराह्न एमालेसँग छलफल हुने



काठमाडौं ।

राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको छ । चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच दिउँसो ३ बजे छलफल हुने बताइएको छ ।

माओवादी निकट स्रोतका अनुसार दिउँसो ३ बजे सत्ता गठबन्धनका चार दलको बैठक डाकिएको छ । साँझ ५ बजे सत्ता गठबन्धन र एमाले बीच बैठक हुने भएको छ ।

मंगलबार बेलुका र बुधबार बिहान पनि प्रधानमन्त्री प्रचण्डले सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लानुपर्ने बताइरहेका छन् ।

सत्ता गठबन्धनमा पनि कसले कति सिट लिने भन्नेमा विवाद टुंगो लाग्ने सकेको छैन। माओवादी र कांग्रेसका नेताहरुबीच निरन्तर छलफल चलिरहेको छ। एमालेसँगको संवादपश्चात उनीहरुले दलहरुबीच भागबण्डा गर्ने तयारी छ।

एमालेले नेताहरु भने गठबन्धनभित्रै भागबन्डाको विवाद चलिरहेको छ । यसको फाइदा एमालेले उठाउँन लागेको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १ : २६ बजे