कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान



जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। दिउँसोवाट पश्चिमी वायूको आंशिक प्रभाव पर्ने संभावना रहेको छ।

जसकारण देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको छ ।

आज शनिबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बदली र हिमपातका कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन पनि महाशाखाको अनुरोध छ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ८ : ५८ बजे