सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजायको सम्भावना



करणी मुद्दामा दोषी ठहर भएका राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेको सजाय २५ पुसमा तोकिने भएको छ ।

सहमतिमा करणी भएको नदेखिएको भन्दै आज जिल्ला अदालत काठमाडौंले सन्दीपले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१, २ र ३) (ङ) बमोजिम कसुर गरेको ठहर गरेको हो ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ‘ङ’ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई सहमतिबिना करण गरी ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ८ : ४९ बजे