उखु किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने भएका छन्।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको मूल्य निर्धारण गरेको हो। मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले किसानले उद्योगीबाट प्रतिक्विन्टल ५६५ रुपैयाँ पाउने गरी मूल्य निर्धारण गरिएको बताइन्।
त्यस्तै, सरकारले पनि उखुमा अनुदान दिने भएको छ। सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने मन्त्री शर्माले बताइन्।
उखुको मूल्य निर्धारणको माग गर्दै उखु किसानले आन्दोलन गर्दै आएका थिए। उनीहरूले प्रतिक्विन्टल ७५० रुपैयाँ तोक्न माग गरेका थिए।
प्रतिक्रिया