हात्तीको आक्रमणबाट मर्निङ वाकमा निस्केका वृद्धको मृत्यु



मर्निङ वाकमा निस्केका झापाका एक वृद्धको हात्तीको आक्रमणबाट ज्यान गएको छ।

बुधबार बिहान हात्तीको आक्रमणबाट हल्दीबारी गाउँपालिका-२ का ६० वर्षीय पाठल राजवंशीको मृत्यु भएको हो। मनिङ वाकमा निस्केका राजवंशीलाई घरबाट २०० मिटर पूर्वको चन्द्रगढी हल्दीबारी सडकछेउमा हात्तीले आक्रमण गरेको हो।

उनी घर नफर्किएपछि खोजबिन गर्दा झाडीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए। उनी हल्दीबारी गाउँपालिका-२ को वडा कार्यालयमा कार्यरत थिए।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ११ बजे