आज ५ वटा प्रदेशमा मौसम बदली हुने, पानी चाहिँ नपर्ने



हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यतिबेला देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सोमबार राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था रहने छ।

मौसम बदलीसँगै देशभरिको तापक्रम घट्दा चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ९ : ४८ बजे