बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीको अनुसार बाजुराको कोल्टी आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ६ बजेर ५२ मिनेटमा ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।
बाजुरामा गत वर्षको माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पले बाजुरामा मानवीयसँगै ठूलो भौतिक क्षति भएको थियो।
बाजुरामा भूकम्प गएको एक वर्ष हुन लाग्दासमेत धेरै प्रभावितले अझै आवास बनाउन सकेका छैनन्। आज बिहान फेरि भूकम्प जाँदा अघिल्लाे भूकम्पबाट प्रभावित बनेका पीडित त्रसित बनेका छन्।
गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा १५४ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया