धरौटी बुझाउन पूर्वगृहमन्त्री खाण जिल्ला अदालतमा



काठमाडौं ।

नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पूर्व गृहमन्त्री खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपियाँ धरौटीमा छोड्न आदेश दिएसँगै छोड्नको लागि प्रक्रिया पुर्‍याउन जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

खाणले काठमाडौं जिल्ला अदालत पुगेर ३० लाख रुपियाँको बैंक ग्यारेन्टी बुझाउनुभएको छ । सम्पती शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाणलाई छोडिने छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  २ : १३ बजे