प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा फिर्ता भएको जानकारी प्राप्त भएको छ ।
उक्त जहाजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि थिए।
मंगलबार बिहान ८:३५ मा त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबका कारण जनकपुर विमानस्थलमा अवतरण गर्न सकेको थिएन।
जनकपुरमा भिजिबिलिटी कम भएपछि काठमाडौं फिर्ता भएर ९:४८ बजे उक्त जहाज अवतरण भएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए।
प्रधानमन्त्री दाहाल भने काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर चढेर बर्दिबासतर्फ गइसकेका छन्। प्रधानमन्त्री त्यहाँबाट जनकपुर जाने तयारी छ।
प्रतिक्रिया