मंसिर २८ मा लगनगाँठो कस्दै शृंखला–सम्भव



पूर्व मिस नेपाल शृंखला खतिवडा र कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले आगामी २८ गते लगनगाँठो कस्ने भएका छन् ।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले केही महिनाअघि मात्रै आफूहरुबीचको प्रमसम्बन्ध सार्वजनिक गरेका थिए ।

करिब दुई महिना अगाडि शृंखलाले ‘होपलेस–रोमान्टिक’ जोडीका रूपमा सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धका तस्बिर सार्वजनिक गरेकी थिइन् ।

२०१८ मा मिस नेपालको उपाधि जितेकी शृंखला नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा र मुनु सिग्देलकी छोरी हुन् भने सम्भव व्यवसायी कैलाश सिरोहियाका छोरा हुन् ।

उनीहरुको विवाह हायात होटलमा हुने बताइएको छ । विवाहको रिसेप्सन पार्टी पनि पुस १ गते हायातमा नै राखिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  १२ : १४ बजे