ओमानविरुद्धको खेलमा नेपालले गुमायो लगातार तेस्रो विकेट



आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलअन्तर्गत ओमानविरुद्ध जारी खेलमा नेपालले लगातार तेस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आठौं ओभरमा तीन विकेट गुमाएको हो।

अहिले क्रिजमा कुशल मल्ल १ र कप्तान रोहित पौडेल समान १ रन बनाएर खेलिरहेका छन्। आठौं ओभरको खेल जारी रहँदा नेपालले ३ विकेटको क्षतिमा ४९ रन बनाएर खेलिरहेको छ।

आठौँ ओभरको पहिलो बलमा कुशल भुर्तेल ३१ रन बनाएर क्याच आउट भए। २२ बलमा ३ चौका र २ छक्का हानेका कुशल अकिब इलियासको बलमा मेहरन खानको हातबाट क्याच आउट भए। सन्दीप जोरा १० रन बनाएर पवेलियन फर्के।

त्यसअघि तेस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमाएको थियो। ६ रन बनाएका आशिफ विलाल खानको बलमा कश्यक प्रजापतिको हातबाट क्याच आउट भए।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १२ : ०१ बजे