संसद्‌मा गुटेरेसले भने– जतिपटक नेपाल आएको छु, म छक्क परेको छु



संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले आफू प्रत्येकपटक नेपाल आउँदा छक्क परेको बताएका छन्।

पहिलोपटक सन् १९७० को दशकमा आएको स्मरण गर्दै उनले मनमोहक नेपालमा फर्कन पाउनुलाई सौभाग्यका रूपमा अर्थ्याए।

‘मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि हो,’ उनले संघीय संसदका दुवै सदनको संयुक्त सभामा सम्बोधनको क्रममा भने, ‘म यहाँ पहिलोपटक सन् १९७० को दशकमा आएको हुँ । जतिपटक म यहाँ आएको छु, छक्क परेको छु।’

महिलाहरूको प्रतिनिधित्व जनसंख्यामा उनीहरूको अनुपातको तुलनामा र उनीहरूले पाउने पारिश्रमिक पुरुषको तुलनामा कम रहेको पनि उनले सम्बोधनको क्रममा बताएका छन्।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ५ : २२ बजे