भुटानः रानीद्वारा बाँसको शिल्पकलालाई बढावा दिने भुटान शार संस्थानको उद्घाटन गरे



थिम्पु— भुटानी रानी दोर्जी वाङ्मो वाङ्चुकले बाँसको शिल्पकलाको संरक्षण र विकासमा टेवा पु¥याउने उद्देश्यले भुटान छार संस्थानको उद्घाटन गरेकी छन् ।

सालिङ गेवोगको रमणीय कालापाङमा अवस्थित यस संस्थानले दिगो अभ्यासहरू प्रवर्द्धन गर्न र स्थानीय समुदायहरूलाई सशक्तिकरण गर्ने दिशामा महत्त्वपूर्ण कदमको प्रतिनिधित्व गर्ने विश्वास लिइएको छ ।

संस्थानको प्राथमिक उद्देश्य बाँसको शिल्पको कलामा प्रशिक्षण र शिक्षा प्रदान गर्नु हो। उद्घाटन पछि, रानी दोर्जी वाङ्मो वाङ्चुकले संस्थानमा प्रशिक्षित प्रतिभाशाली कारीगरहरूले बनाएका बाँसका फर्निचरदेखि उपयोगितावादी वस्तुहरूसम्मको निरिक्षण गरेकी थिइन् ।

हाल, संस्थानले तीन समर्पित प्रशिक्षक र ११ जनालाई प्रशिक्षण दिइरहेको छ । भुटानको हरियाली र थप समृद्ध भविष्यतर्फको यात्रामा क्रममा भुटान शार संस्थानले आगामी पुस्ताका लागि राष्ट्रको दिगो विरासतलाई आकार दिन बाँसबाट बनेका बस्तुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको भुटान लाइभले उल्लेख गरेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १२ : २३ बजे