दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्।
सोमबार बिहान ५ बजे पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
पूर्वपश्चिम राजमार्गमा पर्ने लमही नगरपालिका ४ बनगाउँस्थित बबई सोता पुलबाट बस तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए।
बस दुर्घटनामा घाइते भएका १४ जनामध्ये एकजनालाई बढी चोट लागेको छ।
‘गम्भीर घाइते एकजनालाई लमहीमा सामान्य उपचारपछि थप उपचारको लागि बुटवल लगिएको छ,’ एसपी केसीले नेपालखबरसँग भने, ‘बाँकी १३ जना घाइतेको लमहीमै उपचार भइरहेको छ।’
बसमा १६ यात्रु सवार थिए। दुई जना भने सकुशल छन्। बस सडकबाट करिब ३० फिट तल खसेको छ।
प्रतिक्रिया