ग्लोबल आइएमई ब्यांकले क्रेडिट कार्ड प्रयोगकर्तालाई कार्ड मार्फतको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर ल्याएको छ।
यो अफर अन्तर्गत पहिलो पटक ग्लोबल आइएमई ब्यांकको क्रेडिट कार्ड मार्फत कारोबार गर्ने ग्राहकले अधिकतम २५ प्रतिशत (५०० रुपैयाँसम्म) क्यासब्याक प्राप्त गर्नेछन्।
यो अफर आउँदो कात्तिक ३ गतेसम्म रहने ब्यांकले जनाएको छ। डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका क्यासब्याक अफर ल्याइएको ब्यांकले जनाएको छ।
ग्लोबल आइएमई देशका सबै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य ब्यांक हो। ब्यांकले ३५० शाखा कार्यालय, ३६८ एटीएम, ३२२ शाखारहित ब्यांकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया