अनिश्चितकालीन विद्यालय बन्दविरुद्ध भक्तपुरका शिक्षक सडकमा



नेपाल शिक्षक महासंघकाे अनिश्चितकालीन विद्यालय बन्दविरुद्ध भक्तपुरका शिक्षक सडकमा आएका छन् । महासंघले आफ्नो मागका लागि आन्दोलन गरे पनि ७० लाख विद्यार्थीको पढाइ अवरुद्ध पार्नु गलत भएको भन्दै उनीहरू सडकमा आएका हुन् ।

नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष शिक्षक ज्ञानसागर प्रजापतिले विद्यालय बन्द गरेर भक्तपुरका शिक्षक कहिल्यै आन्दोलनमा समाहित नभएको दाबी गरे ।

नैतिक रूपमा नेपाल शिक्षक महासंघको आन्दोलनमा सहमति रहे पनि विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार हनन गर्ने छुट कसैलाई नभएको उनको भनाइ छ ।

उनीहरूले संसदमा प्रस्तुत शिक्षा विधेयक सम्पूर्ण रूपमा ठीक भने नभएको भन्दै नारा जुलुससहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ७ : १६ बजे