वाथरुम जाने बेलामा ढलेका नेम्वाङ सधैको लागि अस्ताए



काठमाडौं ।

संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।

उहाँलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर उहाँको बाटोमै निधन भएको जनाइएको छ ।

शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उहाँलाई राती १ः२० बजे अस्पताल ल्याएको थियो । अस्पताल ल्याउँदा नै उहाँको शरीर चिसो भइसकेको थियो ।

डा. महर्जनका अनुसार, नेता नेम्बाङको ४ः२० मिनेटमा औपचारिकरुपमा निधन भएको अस्पतालले घोषणा गरेको हो । वाथरुम जाने क्रममा उहाँ ढल्नु भएको र परिवारका सदस्यले तत्कालै उपचारका लागि अस्पतालमा पुराएका थिए तर उहाँको बाटोमै निधन भएको थियो ।

डा. महर्जनले भन्नुभयो, ‘‘ हाम्रो अस्पतालको ठूलो टिमले निकै अथक प्रयास गरेको थियो, तर उहाँको बाटोमै निधन भएकाले बचाउन सम्भव भएन ।’’

अहिले शिक्षण अस्पतालमा एमालेका नेताहरूको जम्मा हुने क्रम बढेको छ ।

 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : ४३ बजे