बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा हिन्दू समुदायलाई आफूलाई अल्पसंख्यक नठान्न आग्रह



ढाका— बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बंगलादेशका हिन्दू समुदायले आफूलाई अल्पसंख्यक समुदायको सदस्यको रूपमा मान्न नहुने बताएको ढाका ट्रिब्यूनले उल्लेख गरेको छ।

उनले उनीहरुलाई बंगलादेशमा समान अधिकारको उपभोग गर्न र आफ्नो जीवन बाँच्न आग्रह ग।िन् ‘तपाईहरु किन आफूलाई अल्पसंख्यक भन्नुहुन्छ यहाँ अल्पसंख्यक र बहुसंख्यक केही छैन ।’––उनले भनिन्

‘बरु यहाँ सबै नागरिक समान अधिकारको उपभोग गरी बस्नेछन् । आफूलाई अल्पसंख्यकको रूपमा कमजोर नगर्नुहोस्।’– उनले भनिन् ।

ढाका ट्रिब्यून अनुसार आफ्नो आधिकारिक निवास गणभवन परिसरमा हिन्दू समुदायसँग जन्माष्टमीको अवसरमा शुभकामना आदानप्रदान गर्दा शेख हसिनाले यस्तो बताएकी हुन् ।

हिन्दू समुदायको बारेमा टिप्पणी गर्दै उनले यो माटोमा जन्मिएकाहरु यही माटोका सन्तान भएको भन्दै यो माटोको नागरिकका रुपमा उनीहरुको अधिकार रहेको बताइन् ।

उनले सरकारले सधैं बंगलादेशमा धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने प्रयास गर्छ र सामाजिक ऐक्यबद्धता राख्छ जहाँ एकले अर्कोलाई कमजोर बनाउँदैन र सबै जनताले समान अधिकारको उपभोग प्रत्याभूति गर्ने बताइन् ।

बंगलादेशका प्रधानमन्त्रीले विदेशमा गएर बंगलादेशलाई बदनाम गर्ने केही व्यक्ति यही देशमा रहेको उल्लेख गरिन् । ‘यस विषयमा सबैलाई सचेत रहन अनुरोध गर्न चाहन्छु,’ उनले थपिन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : ३५ बजे