टाटा टियागो ईभी भदौ २६ गते शुरू हुने ‘नाडा अटो शो-२०२३’ मा सार्वजनिक गरिने भएको छ। ग्राहकले नाडा अटोशोमा टाटा मोटर्सको स्टलमा गाडीको अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। यससँगै सिप्रदीका देशभर रहेका टाटा मोटर्स शोरुम पनि टेस्ट ड्राइभ गर्न सकिने जनाइएको छ।
नेपालमा सबैभन्दा धेरै भेरियन्टका विद्युतीय गाडी टाटा मोटर्सले बिक्री गर्दै आएको छ। टाटा टियागो ईभी भारतमा ह्याचब्याक सेगमेन्टको पहिलो सबैभन्दा रुचाइएको ईभी हो।
नेपालमा टाटा टियागो इभी पाँच वटा भेरियन्टसहित चार वटा रंगमा उपलब्ध हुने सिप्रदीले जनाएको छ। देशभर रहेका शोरुममा बुकिङ गर्न सकिने कम्पनीलेजनाएको छ।
प्रतिक्रिया