जङ्गलबाट ल्याएको च्याउ खाएर बंगलाचुली गाउँपालिका-४ की २७ वर्षीया ईश्वरी सुनार र उनकी छोरी ११ वर्षीया अस्मिता सुनारको मृत्यु भएको वडाध्यक्ष डासबहादुर डाँगीले बताए।
जङ्गलबाट ल्याएको च्याउ खाँदा आमाछोरी बिरामी भएका थिए। त्यसपछि उनीहरूलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। उपचारकै क्रममा छोरीको बिहीबार र आमाको शुक्रबार मृत्यु भएको वडाध्यक्ष डाँगीले बताए।
त्यस्तै, च्याउ खाएर अजय सुनार बिरामी छन्। अजय ईश्वरीका श्रीमान् हुन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रतिष्ठानले जनाएको छ।
उनीहरूले साउन ३१ गते जङ्गलबाट च्याउ ल्याएका थिए। च्याउको तरकारी खाएपछि तीनै जना बिरामी परेका थिए।
प्रतिक्रिया