महानगरको डोजर कपन पुगेपछि स्थानीय आन्दोलित



काठमाडौं ।

बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका–७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन महानगरको टोली कपन पुगेको छ ।

बिहीबार कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोली कपनको साततले पुगेको हो ।

स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । स्थानीयले महानगरको डोजर चल्न दिएका छैनन् ।

महानगरपालिकाले कुनै जानकारी नदिइ अचानक साततलेमा डोजर चलाएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १ : १० बजे