बाढीका कारण ५०० भन्दा बढी घरमा क्षति



काठमाडौँ।

सोमबार राति आएको अविरल वर्षाका कारण आएको बाढीले कैलालीका विभिन्न स्थानहरुमा क्षति गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्याँक अनुसार बाढीका कारण कैलालीमा ४ चार सय ६३ घरमा क्षति भएको छ । बाढीका कारण सयौं घरमा क्षति पुगेको छ भने केही स्थानमा गाई गोरुलाई बगाएको छ ।

सबै भन्दा बढी कान्द्रा नदीले घोडाघोडी नगरपालिका वडा नम्बर ७ को सिराधानी शिविरमा एक सय ५० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

बाढीले कैलारी गाउँपालिका, भजनी नगरपालिका, धनगढी उपमहानगरपालिका लगायतका विभिन्न स्थानहरुमा घरमा क्षेति पुर्याएको जनाईएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ४ : १४ बजे