हङकङमा मोटरसाइकल दुर्घटना हुँदा एक नेपाली घाइते



आइतबार बिहान हङकङको युनलङस्थित नामसाङ वाइ रोडमा मोटरसाइकल दुर्घटना हुँदा एक नेपाली घाइते भएका छन्।

मोटरसाइकलले नियन्त्रण गुमाउँदा सडक किनारको बारमा ठोकिन पुगेको थियो।

स्रोतका अनुसार मोटरसाइकलमा सवार ३८ वर्षीय नेपाली हुन्।

उनले मदिरा सेवन गरेर मोटरसाइकल चलाएको बुझिएको छ। ब्रीथलाइजर परीक्षणबाट उक्त कुरा पुष्टि भएको हो।

चालकको हात र खुट्टामा चोट लागेको बताइएको छ। उनलाई उपचारका लागि अस्पताल पठाइएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ११ : ३९ बजे