बेइजिङः
चीनमा देखिएको सुस्त जन्मदर तथा वृद्धवृद्धाको संख्यामा उल्लेख वृद्धिको कारण विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने यात्रामा असर गर्ने एसियन इन्स्टिच्युट फर चाइना एण्ड आईओआर स्टडिज (एआईसीआईएस) को अध्ययनले देखाएको छ । सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीजमा रहेको चाइना पावर प्रोजेक्टले सार्वजनिक गरेको भर्खरैको तथ्यांकअनुसार चीनको जनसङ्ख्या केही दशकयता पहिलो पटक घटेको छ।
चीनले लामो समयदेखि युवा जनशक्तिको फाइदा उठाएको छ जसले विश्वव्यापी औद्योगिक शक्तिको रूपमा चीनको उदयलाई महत्त्वपूर्ण रूपमा सहयोग गरेको छ । यस वर्षको सुरुमा प्रकाशित संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार भारतले आफ्नो जनसंख्याको हिसाबले चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र भएको छ ।
चीनको जनसंख्या नियन्त्रण उपायहरू, जुन सन् १९७०को दशकको उत्तरार्धको बीचमा सुरु भएर सन् २०१३—२०१६ सम्म प्रचलित थिए । वास्तवमा यी उपायले चीनको विशाल जनसंख्या घटाउन सफल भएको थियो । चिनियाँ समाचार संस्था सीजीटीएन को रिपोर्ट अनुसार, यो पछि चीनको जन्मदरमा गिरावट आएको थियो जहाँ औसत घरपरिवारको आकार सन् २०१० देखि २०२० सम्म ३ दशमलव १ बाट २.६ मा झरेको थियो ।
सुत्केरीलाई प्रोत्साहन गर्ने सरकारी नीतिहरूमा परिवर्तन आएपछि पनि किन त्यहाँको जनसंख्यामा वास्तविक वृद्धि भएन भन्ने कुरा बुझ्न यी रेकर्डहरू महत्त्वपूर्ण हुन्छन्। यसलाई कोभिड–१९ को महामारीले तीव्र पारेको छ । यसको अप्रत्याशितताले प्रतिकूल मानसिक प्रभाव पारेको छ जसले मानिसहरूलाई भविष्यमा आउनसक्ने आर्थिक संकटका कारण बच्चा नजन्माउने निर्णय गर्न बाध्य बनाएको छ।
एआईसीआईएसका अनुसार सन् २००० को दशकमा र वरपर जन्मेका युवा चिनियाँहरू, हाल आफ्नो बीस वर्षको सुरुमा, अझै बच्चा जन्माउन तयार छैनन्। आफ्नो देशको जन्मदर घट्दै गएको कारणले गर्दा पछिल्लो पुस्ता थप सन्तान जन्माउने आवश्यकता वा “जिम्मेवारी” महसुस नगर्दा पनि आफ्ना युवा नागरिकहरूलाई थप सन्तान जन्माउन मनाउन सरकारलाई गाह्रो भइरहेको छ।
प्रतिक्रिया